काठमाडौं, चैत २० । तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका छन । विशेष अदालतले तात्कालिन डिएसपी ठगबहादुरलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा डीएसपी केसीले भ्रष्टाचार गरेको उजुरी परेको थियो । सो उजुरीमाथिअ नुसन्धान गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगल बिशेष अदालतमा मुद्दा दायर गरेकोमा अदालतले दोषी ठहर गरेको हो ।
केसीको मुद्दामा न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले मंगलबार फैसला सुनाएको छ । अदालतले केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपैँया बिगो तथा जरिवानाको फैसला गरेको छ ।
बुटवलमा कार्यरत रहँदा डीएसपी केसीको निवासबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगद र सुन बरामद गरेको थियो । २०७९ साल मङ्सिर २५ गते बुटवल उपमहानगरपालिका– ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका केसीले यस बारेमा कार्यालयमा जानकारी नगराएको अख्तियारले दाबी गरेको थियो
। पछि उहाँले सुन फिर्ता लगेको कागज गर्न लगाएको तर सुन फिर्ता नगरी आफैसँग राखेको अख्तियारको दाबी थियो । त्यस क्रममा केसीले दुई जनासँग १८ लाख रुपैँया घुस लिएको पाइएको अख्तियारको दाबी थियो ।
अख्तियारले १८ लाख रुपैँया बिगो दाबी गर्दै केसी विरुद्ध गत भदौ १३ गते विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । केसीविरुद्ध अदालतमा बयान फेरेको आरोपमा मुद्दा दायर गरिएका बुटवलका खिलेन्द्र सिंह जीसीलाई पनि विशेष अदालतले दोषी ठहर गरेको छ । जीसीलाई साढे १ वर्ष कैद र ९ लाख ५० हजार रुपैँया बिगो तथा जरिवानाको फैसला सुनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्