janatatimes

२१ चैत्र २०८०, बुधबार १५:३१

अन्ततः राजीनामा दिन तयार भए कर्णालीका मुख्यमन्त्री शर्मा, दाजुको इगोमा आफ्नो राजनीति सकाउने जोखिम टर्यो


काठमाडौं, २१ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने हुनुभएको छ। नेकपा )माओवादी केन्द्र) का संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री शर्माले बुधबारको प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी गर्नुभएको छ।

माओवादी कर्णाली प्रदेश अध्यक्षसमेत रहुनुभएकी सांसद विमला केसीले मुख्यमन्त्री शर्माले आजै राजीनामा दिने बताउनुभायो ।

उहाँले भन्नुभयो ‘ पार्टीको निर्देशन पनि राजीनामा दिनू भन्ने छ, त्यसैलाई कार्यान्वयन गर्न उहाँले राजीनामा दिन लाग्नु भएको हो,’ ।कर्णाली प्रदेश सभा बैठक केहीबेरमा बस्नेछ। सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कर्णाली मुख्यमन्त्री नेकपा (एमाले) ले लिने सहमति भएको थियो।