जनता टाइम्स

२२ चैत्र २०८०, बिहीबार २१:५२

केपी ओलीको निश्कर्ष : नेपालको निर्यात अवस्था निकै नाजुक, व्यापार सन्तुलन कायम गर्नु प्रमुख चुनौती


काठमाडौं, चैत २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले नेपालको निर्यातको अवस्था निकै नाजुक रहेको भन्दै सुधारका लागि सवैको एकमुष्ट सहयोग जरुरी रहेको बताउनु भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले नेपाल व्यापारको अति न्यून स्थितिमा रहेको तथ्यसमेत औंल्याउनु भयो । मुलुकको व्यापार सन्तुलनमा ल्याउनु अहिलेको मुख्य चुनौती रहेको पनि अध्यक्ष ओलीले बताउनु भयो ।

उद्यमशीलताले देशमा अवसर बढाउने भन्दै उहाँले देशलाई आत्मनिर्भर बनाउनेमा जोड दिनुभयो । आत्मनिर्भर अर्थतन्त्रपछि निर्यातमूलक उद्योगमार्फत निर्यात बढाउनु पर्ने ओलीले बताउनुभयो ।

ओलीले आयात व्यापारीको लागि व्यापार भए पनि देशको लागि व्यापार नहुने बताउनुभयो । देशको लागि निर्यात मात्र व्यापार हुने ओलीले स्पष्ट पार्नुभयो । ‘अर्काको सामान किन्नु ब्यापार होइन, आफ्नो चिज बेच्नुलाई व्यापार भनिन्छ । व्यापार भनेको आयात होइन निर्यात मात्रै खासमा ब्यापार हो,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो ।