काठमाडौं, चैत २४ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) को दरवन्दी रहेको सात जिल्लाका प्रमुखलाई डेढ महिनामै सरुवा गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको आदेशमा प्रहरी महानिरीक्षक बशन्तबहादुर कुँवरले आज सात जिल्लाका एसपीलाई डेढ महिनामै सरुवा गर्नुभएको हो । प्रहरी प्रधान कार्यालयले शुक्रवार बाँके, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र नुवाकोटका एसपीको सरुवा निकालेको छ ।
बाँकेमा तुलबहादुर कार्की, बारामा महेन्द्र खड्का, रौतटहमा दिलिप घिमिरे, सर्लाहीमा रबिन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीको सरुवा भएको छ । त्यस्तै, नुवाकोटमा एसपी शान्तिराज कोइरालालाई पठाइएको छ ।
यस्तै बाँकेका एसपी सुवासचन्द्र बोहरा, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ, सर्लाहीका दयानिधी ज्ञवाली, महोत्तरीका श्यामकुमार राई तथा धनुषाका मित्रबन्धु शर्मालाई डेढ महिनामै सरुवा गरिएको हो । ती एसपीको गत फागुन १ गते मात्र सरुवा भएर गएका थिए ।
नुवाकोटमा भने एसपी संजयसिंह थापालाई यसअघि सुनकाण्डमा हटाइएको थियो । प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका ८ एसपीको पनि पदस्थापन गरेको छ ।













प्रतिक्रिया दिनुहोस्