इलाम, चैत २४ । इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा वाम गठबन्धनका सुहाङ नेम्बाङले मनोनयन दर्ता गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका सुहाङका प्रस्तावकमा रवीन्द्र सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण रहनुभएको छ । एमाले इलामका उपसचिव रवीन्द्र उम्मेदवारको आकांक्षी हुनुहुन्थ्यो । उहाँनै प्रस्तावक बस्नुभएको हो । समर्थक धीरेन्द्र नेकपा माओवादीका केन्द्रीय सदस्य हुनुहुनछ । उहाँ माओवादीबाट उम्मेदवारको सिफारिस हुनुभएको थियो ।
सुहाङले मनोनयन दर्ता गर्न जानुअघि भानु रत्न चोक इलाममा रहेको शहीद रत्नकुमार वान्तावासहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप) ले मनोनयन दर्ता गराउनु भएको छ । उहाँ पहिचान पक्षधरका तर्फबाट उम्मेदवार हुन चाहन्थे । उहाँको स्थानमा डाकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएपछि उहाँ जनमतबाट उम्मेदवार बन्नुभएको हो ।
यस्तै नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गरेका छन् । जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिएन।
यस्तै डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराउनु भएको छ । गौतमले यस पटक भने स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । अघिल्लो निर्वाचनमा गौतम नेपाली कांग्रेस (बीपी) बाट इलाम २ मै उम्मेदवारी दिनुभएको थियो । पहिचानवादीका तर्फबाट डाकेन्द्रसिंह थेगिमले मनोनयन दर्ता गराउनु भएको छ । थेगिमलाई जनता समाजवादी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले समर्थन गर्नुभएको छ ।
थेगिमलाई प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले पहिचान पक्षधरको साझा उम्मेदवार बनाएको हो । त्यस्तै एकीकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराउनु भएको छ । यस्तै रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी नेपाली कांग्रेसबाट डम्बर खडकाले पनि मनोनयन दर्ता गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्