जनता टाइम्स

२५ चैत्र २०८०, आईतवार ०१:००

एमाले कालिकोटको अध्यक्षमा तुलाराज मल्ल निर्वाचित, यस्तो छ निर्वाचित पदाधिकारीको टीम


कालिकोट, चैत २५ । नेकपा एमाले कालिकोटको अध्यक्षमा तुलाराज मल्ल निर्वाचित हुनुभएको छ ।

११औं जिल्ला अधिवेशनको क्रममा भएको निर्वाचनमा २१८ मत प्राप्त गरी मल्ल अध्यक्षमा निर्वाचित हुनुभएको हो । मल्लले अध्यक्षका प्रत्यासी दयाराम सिंखडालाई ३४ मतको अन्तरले पराजीत गर्नुभएको छ ।

सिंखडाले १८६ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा २१० मत प्राप्त गरी टेकबहादुर बुढा निर्वाचित हुनुभएको छ । बुढाले प्रतिस्पर्धी कमलकुमार शाहीलाई ३८ मतले पराजीत गर्नुभएको हो । शाहीले १७२ मत पाउनु भएको छ । सचिवमा पुष्पराज आचार्य २१२ मतका साथ बिजयी हुनुभएको छ । आचार्यले प्रतिस्पर्धी खडानन्द चौलागाईले ५४ मतले पराजीत गर्नुभएको हो । पराजीत चौलागाईंले १५८ मत पाउनु भएको छ ।

यस्तै उपसचिवमा पबित्रकुमार शाही १६८ मत प्राप्त गरी बिजयी हुनुभएको छ । शाहीले प्रतिस्पर्धी लंकबहादुर बमलाई ७० मतले पराजीत गर्नुभएको हो । बमले ९८ मत पाउनु भएको छ । उपसचिवकै अर्का प्रतिस्पर्धी प्रेमबहादुर बुढाले ९२ मत पाउनु भएको छ । यसैगरी उपसचिव महिलामा ताराकुमारी शाही २१२ मतका साथ बिजयी हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी सुभद्रा सिंहले १५७ मत पाउनु भएको छ । ताराले सुभद्रालाई ५५ मतले पराजीत गर्नुभएको हो । अधिवेशनमा सर्वसम्मतको प्रयाश बिफल भएपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।