कैलाली, चैत २६ । धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । धनगढी बिमानस्थलबाट जहाजको दुवैतिरको पंखा नजिकबाट इन्धन चुहिएको हो । इन्धन चुहिएपछि उड्नै लागेको जहाजको इन्जिन बन्द गरी ग्राउन्डेड गरिएको छ ।
नाइन एनएमजी कल साइन भएको उक्त जहाजमा इन्धन चुहिएकोबारे विमान चालक दलका सदस्यले कुनै पनि सुइँको पाएका थिएनन् । जहाजमा रहेका एकजना यात्रु अशोकबहादुर सिंहले इन्धन चुहिएकोबारे एयर होस्टेजलाई जानकारी दिएपछि मात्रै चालक दलका सदस्यलाई विमानमा आएको खराबीबारे जानकारी भएको थियो ।
त्यसपछि उड्नै लागेको जहाजको पंखा बन्द गरी उडान रद्द गरिएको बिमानस्थलमा रहेका प्रहरीले जनाएको छ । जहाज ग्राउन्डेड भए लगतै विमानस्थल स्थित अग्नी नियन्त्रकको टोलीले जहाजको निरीक्षण गरेको थियो ।
काठमाडौँबाट इन्जिनियर आएर बिमानको मर्मत गरिसकेपछि मात्रै उडान हुने समिट एयरले जनाएको छ । जहाजको दुवै ठाउँबाट इन्धन लिक भएको रहेछ । यस्तोमा इन्जिन तातिए पछि आकाशमै आगो लाग्ने खतरा हुन्छ ।
प्रतिक्रिया दिनुहोस्