काठमाडौं, २७ चैत । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको हो । निर्वाचन भने बुधबार हुनेछ ।उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताउनुभयो ।
गणितीय हिसाबले अगाडि रहेकी गठबन्धनकी उम्मेदवार एवम् एमाले सांसद घिमिरेले आफू निर्वाचित भएमा राष्ट्रिय सभा अध्यक्षसँग सल्लाह गरेर विधेयक अघि बढाउने लगायतका काममा प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । यसैगरी कांग्रेस उम्मेदवार विष्णुदेवीले सबैलाई आफूलाई माया गर्ने भएकाले आफूले नै चुनाव जित्नेमा विश्वस्त रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्