काठमाडौं, चैत २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्तिजनक पोस्टर प्रदर्शन गरेको छ ।
राप्रपाले आज आयोजना गरेको जुलुसमा संघीय लोकतान्त्रीक गणतन्त्र नेपालका राष्ट्रपति रामचन्द्रपौडेलसहित पूर्वराष्ट्रपतिहरूलाई रावण घोषणा गरेको हो ।
राप्रपाले आज काठमाडौंमा गरेको बिरोध प्रदर्शनमा गणतन्त्रका रावणहरू भनेर राष्ट्रपति, पूर्वराष्ट्रपतिसहित प्रमुख दलका शीर्ष नेताको तस्वीर राखेर प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा राष्ट्रपतिपौडेलसहित संस्थापक राष्ट्रपति डा. रामबरण यादव, पूर्वराष्ट्रपति बिध्यादेवी भण्डारी, प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू शेरबाहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल र डा. बबुराम भट्टराईलाई रावण घोषणा गरी पोस्टर प्रदर्शन गरेको थियो ।
सो प्रदर्शनमा प्रदर्शनकारीलेनिषेधित क्षेत्र तोडेका छन । काठमाडौंको विभिन्न ठाउँबाट र्यालीसहित केन्द्रिकृत जुलुस अध्यक्षराजेन्द्र लिङदेनको नेतृत्वमा माइतीघरतर्फ अघि बढेको हो । राप्रपाको जुलुस उग्र बनेपछि
सिंहदरबारको मूल गेट अगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रहरीले केही सेल अश्रुग्याससाथै पानीको फोहोरा प्रहार गरेको छ ।
गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमाहोमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाब सिर्जनाका लागि जनप्रदर्शन गरेको हो ।
सो क्रममाराप्रपाले राष्ट्रपतिलाई रावन चित्रित गरेर होस गुमाएको हो ।
प्रतिक्रिया दिनुहोस्