जनता टाइम्स

२८ चैत्र २०८०, बुधबार ११:१८

कार्यकर्तामाझ एमाले उपाध्यक्ष बिष्णु पौडेलले राखे पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने खाका


पर्वत, चैत २८ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकसित गर्दै अघि बढने जानकारी दिनुभएको छ । एमाले पर्वतको १०औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनु भएको हो ।

उहाँले २०७९ सालको निर्वाचनमा लोकप्रिय मतको हिसाबले मुलुककै पहिलो दल एमाले भएको उल्लेख गर्दै २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टीलाई विस्तार गरिने योजना सुनाउनु भयो । एमालेलाई किनारा लगाएर मुलुकको समृद्धि हासिल हुन नसक्ने भन्दै उपाध्यक्ष पौडेलले मुलुकको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव भएको बताउनु भयो । ।

‘एमालेलाई किनारा लगाएर मुलुकको समृद्धि हासिल हुन सक्दैन । तथ्यले यो कुरा प्रमाणित गरिसकेको छ । यसैगरी मुलुकको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव छ भन्नेमा पनि कसैले दुविधा राख्नुहुन्न,’ पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष पौडेलले भन्नुभयो ।

उहाँले एमालेको विचारबाट मात्र मुलुकको विकास सम्भव हुने बताउनु भयो । अरु दलहरू मुलुक निर्माणका लागि असफल भइसकेका उहाँको भनाई छ । आगामी २०८४ मा सहयात्री खोजेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।

एमाले उपाध्यक्ष बिष्णु पौडेलले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न नेकपा एमालेका नेतादेखि कार्यकर्तासम्मले आफ्नो आनीबानी, ब्यवहार र कार्यशैलीमा सुधार ल्याउनु पर्ने बताउनु भयो । यी काम गरे एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न सकिने निश्कर्ष उपाध्यक्ष पौडेलको नेता कार्यकर्तामा झ सुनाउनु भएको छ ।

कार्यक्रममा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, सङ्गठन विभाग प्रमुख खगराज अधिकारी, केन्द्रीय सदस्य कल्पना चापागाई, कानूनमन्त्री पदम गिरीलगायतले एमालेका नेता कार्यकर्ताले गर्नुपर्ने कामको बिषयमा आफ्नो धारणा राख्नुभएको थियो ।