जनता टाइम्स

२८ चैत्र २०८०, बुधबार १५:५५

कर्णालीका नवनियुक्त मुख्यमन्त्री यमलाल कँडेलले लिए शपथ


सुर्खेत, चैत २८ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रदेश प्रमुख तिलक परियारले आज नवनियुक्त मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । एमाले स्थायी समिति सदस्य तथा सांसद कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

कँडेललाई प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार पद तथा गोपनीयताको शपथ गराएउनु भएको छ । कँडेलले कर्णाली प्रदेशमा एमालेबाट पहिलो पटक सरकारको नेतृत्व गर्ने अवसर पाउनुभएको हो ।

संघीय संरचनामा गएर एक कार्यकाल सकेर दोस्रो कार्यकालको डेढ बर्ष बितिसक्दा पनि एमालेले कर्णाली सरकारको नेतृत्व गर्न पाएको थिएन । अघिल्लो पटक २०७४ मा भएका निर्वाचनमा कुल ४० सिटमध्ये एक्लै २१ सिट जितेपनि कँडेल मुख्यमन्त्री हुन पाउनु भएको थिएन । उहाँ यसपटक भने मुख्यमन्त्री बनेर प्रदेशको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुग्नुभएको छ ।