जनता टाइम्स

२८ चैत्र २०८०, बुधबार १८:०२

एमाले ओखलढुंगाको अध्यक्षमा जिबी खडका बिजयी, चुनावबाट यस्तो बन्यो पदाधिकारी टीम


ओखलढुंगा, चैत २८ । नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा जिबी खडका बिजयी हुनुभएको छ । दशौं जिल्ला अधिवेशन अन्तर्गत भर्खरै सकिएको निर्वाचनको मतगणनामा खडका बिजयी हुनुभएको हो ।

यसैगरी उपाध्यक्षमा कमल न्यौपाने, सचिवमा अशोक थापा तथा उपसचिवमा राजिव कट्वाल र अस्मिता थापा विजयी हुनुभएको छ । अध्यक्षमा निर्वाचित खडकाले प्रतिस्पर्धी संविधानसभा अध्यक्ष हर्कबोल राईलाई १३ मतले पराजित गर्नुभएको छ ।

राईलाई एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारको समर्थन थियो भने खड्कालाई स्थायी कमिटी सदस्य शेरधन राई, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेता अम्बिरबाबु गुरुङलगायतको समर्थन थियो । राई र खड्का दुवैजना प्यानलसहित मैदानमा उत्रनुभएका थियो ।

अध्यक्षमा जिबी खड्काले १४२ मतका साथ विजयी भएकोमा पराजित हर्कबोलले १३१ मत पाएका छन् । उपाध्यक्षमा न्यौपानेले १७२ मत पाएर बिजयी हुँदा झम्कहरी बडालले ८७ मत पउनु भएको छ । त्यस्तै सचिवमा अशोक थापा १५२ मतका साथ बिजयी हुँदा टंक गिरीले ११३ मत पाउनु भएको छ ।

यस्तै उपसचिव राजीव कटवालले १३८ मत पाएर बिजयी हुनुभएको छ भने महिला उपसचिवमा अस्मिता थापाले १७४ मतका साथ बिजयी हुँदा रमिला मगरले ९८ मत पाउनु भएको छ ।अधिवेशनको उदघाटन नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले गर्नुभएको थियो । अधिवेशनमा राईको समुहबाट उपसचिव अस्मिता थापा मात्रै पदाधिकारीमा जित्न सफल हुनुभएको छ ।