जनता टाइम्स

२८ चैत्र २०८०, बुधबार २१:१६

गाउँपालिका अध्यक्ष नै मानव बेचबिखनको धन्दामा, पक्राउ परेसँगै खुल्यो यी कांग्रेस नेताको पोल


काठमाडौं, चैत २८ । मानव बेचबिखन अभियोगमा नेपाली कांग्रेसका चर्चित नेता तथा गाउँपालिका अध्यक्ष पक्राउ परेका छन ।

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष रहनुभएका कांग्रेस नेता नुर्बु स्याङबो घलेलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेसँगै घले मानव बेचबिखन मुद्दामा फरार अभियुक्त रहेको तथ्यसमेत खुलेको छ । प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घलेले २०७३ सालमा एक युवतीलाई कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र बनाएका थिए । सोही मुद्धामा घले त्यसबेलादेखि नै फरार रहेदै आएको खुलेको हो । दुई वर्षअघिको निर्वाचनमा घले नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । मानव बेचबिखन अनुसन्धान ब्यूरोले घलेलाई पक्राउ गरेको हो ।