काठमाडौं, चैत २९ । यस वर्ष भएको उत्पादनतर्फ पहिलो चरणको कोरियाली भाषा परीक्षामा ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्।
रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार पहिलो चरणको परीक्षामा सहभागी भएका ४० हजार ५८० जनामध्य ६३२१ जना उतिर्ण भएका हुन । परीक्षा गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म भएको थियो।
पहिलो चरणको परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूले सीप परीक्षणमा सहभागी हुनु पर्नेछ। सीप परीक्षण आगामी वर्षको वैशाख ९ देखि १५ गतेसम्म हुने शाखाले जनाएको छ। उत्पादन क्षेत्रतर्फको दोस्रो चरणको परीक्षा पनि वैशाखबाट हुनेछ। यसमा ८० हजारभन्दा धेरै सहभागी हुनेछन्।
प्रतिक्रिया दिनुहोस्