काठमाडौं, बैशाख १ । पूर्वराष्ट्रपति बिदादेवी भण्डारीले नयाँ बर्षले पुरानो बर्ष २०८० मा देखिएको निरासा चिरेर मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउने प्रेरणा मिलोस भन्ने शुभकामना दिनुभएको छ । नयाँ बर्ष २०८१ को अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।
‘अवको हाम्रो यात्रामा बिबिध जातजाती, भाषाभाषी र संस्कृति अंगालेका नेपालीहरुबीच आपसी सदभाव, सहिष्णुता र एकता जस्ता हामीलाई एक राष्ट्रको रुपमा बाँधिराख्ने मूल्यहरुलाई सदा कायम राख्दै सवैका लागि समावेशी, न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने प्रयाश गरौं,’ सन्देशमा भनिएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले ‘नयाँ बर्ष २०८१ सवैका लागि आशिर्वाद, अवसर र सफलताले भरिपूर्ण होस र हामी समृद्ध नेपाल : सुखी नेपाली को राष्ट्रिय आकांक्षालाई साकार बनाउने दिशातर्फ अग्रसर बन्न सकौं’ भनी कामना समेत गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्