जनता टाइम्स

१ बैशाख २०८१, शनिबार २३:१८

बिग्रिएको अर्थतन्त्रलाई लयमा फर्काउन बर्तमान सरकार लागिपरेको छ : प्रदीप ज्ञवाली


तनहुँ, बैशाख १। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमालेलाई सिद्ध्याउने प्रयास असफल भएको तथ्य राख्नुभएको छ ।

एमाले व्यास नगर कमिटीको आयोजनामा भएको चियापान तथा नयाँ वर्षको शुभकामना कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तोतथ्य राख्नुभएको हो ।

उहाँले नेकपा एमालेलाई सिद्ध्याउने सबै प्रयास असफल बनाएर अघि बढेको बताउनु भयो । एमालेलाई सिद्धाउने अनेक षडयन्त्र गरिएका भए पनि एमाले ती षडयन्त्र चिरेको उहाँले प्रष्ट पार्नुभयो ।

जनताको मुद्दा एमालेले मात्र सम्बोधन गर्ने बताउँदै ज्ञवालीले एमाले कार्यकर्ता र जनताले बचाएको पार्टी भएको प्रष्ट पार्नुभयो । ‘देश र जनताको प्रिय पार्टी एमालेलाई सिद्ध्याउन जसरी लागे, त्यो सम्भव भएन, जनताको आशा र विश्वास जोगाउनका लागि पुनः एमाले सहभागी भएको सरकार बनेको छ,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ।

अहिलेको सरकारको मुख्य उद्देश्य राजनैतिक स्थिरता भएको उहाँले बताउनुभयो । नयाँ सरकारले देशमा सुशासन र जनतामा विश्वास सिर्जना गर्ने स्पष्ट पार्नुभयो । एमाले बाहिर हुँदा देशको अर्थतन्त्र नाजुक भएकोले त्यसलाई लयमा फर्काउन अहिलेको सरकार लागिपरेको उहाँले बताउनुभयो ।