जनता टाइम्स

३ बैशाख २०८१, सोमबार ११:२४

डा.बाबुराम भट्टराई एक्लै भए, बिश्वासपात्र विश्वदीप पाण्डे पनि माओवादीतिर गए


काठमाडौं, बैशाख ३ । युवा नेता विश्वदीप पाण्डेले पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईसँग लामो समय निकट रहेर काम गर्नुभएका पाण्डेले आज सो पार्टी त्यागेर माओवादीमा फर्कनुभएको हो । पाण्डे भट्टराई नेतृत्वको पाटीृमा प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पाण्डेले पार्टी छाडेको घोषणा गर्नुभएका पाण्डे लगत्तै बालुवाटार पुगेर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालसँग भेट गरी माओवादी प्रवेश गर्नुभएको हो । पार्टी परित्याग गरी माओवादी केन्द्रमा फर्किनुभएको पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीमा स्वागत गर्नभएको छ ।