जनता टाइम्स

३ बैशाख २०८१, सोमबार १३:४८

श्रीमतीमाथि बलात्कार अभियागमा जेल चलान भए न्यायाधीश गिरी


काठमाडौं, बैशाख ३ । बलात्कार अभियोग लागेका न्यायाधीश भुवन गिरी ( निलम्बित) कारागार चलान भएका छन । गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

काठमाडौं जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश दिएको छ । २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले संयुक्त इजलाशले गिरीलाई थुनामा राख्न आदेश दिएको थियो । सो आदेशपछि गिरी जिल्ला अदालतमा हाजिर भएका हुन ।

पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । २०७९ चैत २८ मा पक्राउ परेका गिरी अदालतको आदेशले रिहा भएका थिए । कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।