जनता टाइम्स

४ बैशाख २०८१, मंगलवार ११:५०

माधव नेपाल सुरुदेखि नै गठबन्धन तोडने मिशनमा रहेको झलनाथको खुलासा, प्रधानमन्त्री भेटेर गरे ठेगानमा ल्याउने प्रतिवद्धता


काठमाडौं, बैशाख ४ । नेकपा एकीकृत समाजवादीका अध्यष माधवकुमार नेपाल नेपाली कांग्रेसको गठबन्धनतिर लाग्ने निर्णयमा पुगेपछि सम्मानित नेता झलनाथ खनाल झस्किनुभएको छ ।

अध्यक्ष नेपालले आफूसँग कुनै सल्लाह नै नगरी केन्द्रीय समिकरणबिपरित सुदुरपश्चिममा एकाएक नेपाली कांग्रेसको गठबन्धनमा लागेपछि खनाल झस्कनुभएको हो । अध्यक्ष नेपालको गठबन्धनबिरोधी मुभसँगै सम्मानित नेता खनालले पनि एकाएक सक्रियता बढाउनु भएको छ । माधव नेपालकै कुण्ठा र पदको आशक्तिले सत्ता गठबन्धनमा खटपट आएपछि खनालले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ ।

खनाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटबार्ता गर्नुभएको हो । प्रधानमन्त्रीसँगको छलफलमा नेता खनालले पार्टी निर्णयबिपरित गम्भीर आत्मघाती कदम चालेको भन्दै आफूहरु यही गठबन्धनको पक्षमा दृढतापुर्वक उभिएको बताउनु भएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो । ‘एमाले माओवादी गठबन्धनबाट कांग्रेसको गठबन्धनतिर जाने कुै आउँदैन, माधवजीले किन यसरी पार्टीकै निर्णय बिरुद्ध आत्मघाती कदम चाल्नुभयो भनेरहामी छलफल गरिरहेका छौं,’ प्रधानमन्त्री दाहालसँग खनालको भनाई उधृत गर्दै स्रोतले जनताटाइम्स डटकमसँग भन्यो ।

सत्ता समीकरण परिवर्तन हुँदासमेत कांग्रेस गठबन्धनकै अडानमा रहनुभएका नेपाल सम्मानित नेता खनालकै अडानका कारण एमाले माओवादी गठबन्धनमा लाग्न बाध्य हुनुभएको थियो । भारतको चाहना कांग्रेस नेतृत्वकै गठबन्धनमा आवद्ध हुनुपर्ने र कांग्रेसले नै पार्टी जोगाइ राख्ने अडान सुनाए पनि खनालले चेतावनी दिएपछि एमाले माओवादी गठबन्धनमा लाग्नुभएका नेपाल आफूले भनेका दुवै जना मन्त्रीसमेत नभएपछि असन्तुष्ट रहनुभएको सोही पार्टीका एक पदाधिकारीले जनताटाइम्स डटकमलाई बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रदेशको बार्गेनिङ गर्दै सत्ता गठबन्धनमा आफू प्रधानमन्त्री हुने कागज गराउन चाहिरहनु भएको छ । जस्तोसुकै हर्कत गरेर भएपनि फेरि एक पटक प्रधानमन्त्री बन्ने एकसुत्रीय अभियानमा माधव रहनुभएको छ । प्रधानमन्त्री दाहालसँगको बार्तामा सम्मानित नेता खनालले यस कुराको संकेत पाइसकेको जानकारीसमेत गराउनु भएको स्रोतले बतायो ।

यस्तै छलफलमा सुदूरपश्चिम प्रदेशको सरकार गठन, उपनिर्वाचन र समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई सुदूरपश्चिमबाट ब्याक गराउन छलफल केन्द्रित गर्नुभएको हो । सुदूरपश्चिममा एकीकृत समाजवादी विद्रोह गर्दै प्रतिपक्षी कांग्रेससँग नयाँ गठबन्धनका लागि टाँसिएपछि राष्ट्रिय राजनीतिमा हलचल पैदा भएको छ । यससँगै संघीय र केही प्रादेशिक सरकारको भविष्य अन्योलमा परेको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सुदूरपश्चिममा सरकार बनाउनेबारे बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा सुदूरपश्चिम नागरिक उन्मुक्तिलाई दिने प्रस्ताव आउनेबित्तिकै माधव बैठक छोडेर हिँडनुभएको हो । सत्ता गठबन्धनबीच सुदुरपश्चिममा पहिला नागरिक उन्मुक्ति र त्यसपछि नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री लिने सहमति भएको थियो ।

तर माधवले पहिला चाहिन्छ भन्दै गठबन्धनमा अडान लिएपछि कांग्रेसतिरको गठबन्धनमा लागेर भने नागरिक उन्मुक्तिकै अर्काे समुहलाई मुख्यमन्त्री स्वीकार गर्नुभएको छ । सत्ता गठबन्धनकै घटक दल नेकपा एकीकृत समाजवादीले कांग्रेसको गठबन्धनमा सहभागी भएर नागरिक उन्मुक्ति (रेशम पक्ष) का लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थनमा गरेको छ । समाजवादीका सुदूरपश्चिम संसदीय दलका नेता दीर्घबहादुर सोडारी आफैं प्रदेश प्रमुखको कार्यालयमा पुगेर आफ्नो समर्थन कांग्रेस, उन्मुक्ति (रेशम पक्ष)गठबन्धनमा रहेको दाबी गर्नुभएको छ ।

कुरा आदर्शका छाँटने तर आफूबाहेक अरु केही नसोच्ने र पद प्राप्तिका लागि गर्न हुने र नहुने सवै काम बिना संकोच गर्ने माधव नेपालको शैलीबारे राम्रोसँग परिचित खनाल सुदुरपश्चिममा नांगो स्वरुप देखाएपछि नराम्रोसँग झस्किनुभएको हो । खनालले माधव सुरुदेखि नै यो गठबन्धन तोडने मिशनमा लागेको खुलासासमेत प्रधानमन्त्री दाहालसँग गर्नुभएको छ ।

यता एमाले–माओवादीको गठबन्धनले कैलाश चौधरीलाई मुख्य मन्त्री बनाउन दाबी पेश गर्नुभएको छ । लक्ष्मण किशोरले कांग्रेसका १८, उन्मुक्तिका ७, समाजवादीका ४ र राप्रपा १ गरी आफूसँग ३० जनाको समर्थन रहेको दाबी गर्नुभएको छ ।

नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि आफूसँग माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र एक जना गरी २९ जनाको समर्थन रहेको भन्दै प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको छ ।

कैलाश उन्मुक्तिकी अध्यक्ष रञ्जिता पक्षधर हुनुहुनछ । मुख्यमन्त्रीका लागि दुईजनाको दाबी पेस भएकाले कसलाई नियुक्त गर्ने विषयमा अन्यौल देखिएको छ । कानुनी परामर्शपछि दुवै पक्षलाई सनाखतका लागि बोलाएर बहुमत सिद्ध गर्ने सांसदलाई मुख्यमन्त्री नियुक्त गरिने भएको छ । मुख्यमन्त्री नदिएको झोंकमा नेकपा एकीकृत समाजवादीले कांग्रेस र उन्मुक्तिको रेशम पक्षलाई सहयोग गरेको हो ।

आइतबार नेपाली कांग्रेस, उन्मुक्तिको रेशम चौधरी समूह, समाजवादी र राप्रपाले मुख्यमन्त्रीमा उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाएपछि सत्ता गठबन्धन नै धरापमा परेको छ । समाजवादीले आफ्नो भागमा परेको मुख्यमन्त्रीको पद शीर्ष नेताहरूले काटेको आरोप लगाएको छ । तर सत्ता गठबन्धनमा हाताहाती चाहिने, कांग्रेसतिर लाग्दा भने केही नदिए पनि सहीछाप गर्ने दिने माधवको कामले झलनाथ निकै झस्किनुभएको पाइएको छ ।

कुरा आदर्शका छाँटने तर आफूबाहेक अरु केही नसोच्ने र पद प्राप्तिका लागि गर्न हुने र नहुने सवै काम बिना संकोच गर्ने माधव नेपालको शैलीबारे राम्रोसँग परिचित खनाल सुदुरपश्चिममा नांगो स्वरुप देखाएपछि नराम्रोसँग झस्किनुभएको हो । खनालले माधव सुरुदेखि नै यो गठबन्धन तोडने मिशनमा लागेको खुलासासमेत प्रधानमन्त्री दाहालसँग गर्नुभएको छ ।