जनता टाइम्स

४ बैशाख २०८१, मंगलवार १३:५८

समानुपातिकबाट सांसद छान्ने प्रणाली खारेजीको अडानमा पूर्वमन्त्री गोकुल बास्कोटा


काठमाडौं, ४ बैशाख । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने अडानमा उभिनुभएको छ ।

पूर्वमन्त्रीसमेत रहनुभएका एमाले नेता बास्कोटाले आजसामाजिक सञ्जालमाफृत समानुपातिकबाट सांसद बन्ने बाटो बन्द गर्नुपर्ने निश्कर्ष सुनाउनु भएको हो । बाँस्कोटाका अनुसार समानुपातिकबाट सांसद बनाउने कामले मुलुकमा अस्थिरता निम्त्याएको हो ।

‘सँधैको अस्थिरता किन र केका लागि ? समावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानैपर्छ,’ बास्कोटाले भन्नुभएको छ । उहाँको यो भनाईले अहिलेको अस्थिरताको जड नै नेताले आफूखुसी अयोग्यलाई र पैसावाललाई लाभको पदमा पुर्याउन गरिएको समानुपातिक निर्वाचित प्रणालीले गर्दा भएको हो ।

यस्तै उहाँदे चुनावपूर्व गठबन्धन गरेर दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्न यो काम अनिवार्य रहेको बताउनु भएको छ । सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद बास्कोटाले फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद भएको बताउँदै २–४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो । सँधैको अस्थीरता किन र केका लागि ? समावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानैपर्छ । चुनावपुर्व गठबन्धन गर्ने, दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौं ।’