जनता टाइम्स

५ बैशाख २०८१, बुधबार ००:०३

कांग्रेससहित बिपक्षीको षडयन्त्र तुहियो, मधेश प्रदेशका मुख्यमन्त्रीले पाए बिश्वासको मत


जनकपुर, बैशाख ५ । प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सभामा मुख्यमन्त्रीलाई बिश्वासको मत लिनै नदिने योजना असफल भएपछि बहिस्कार गरेको छ ।

प्रदेशसभा बैठकबाट मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन लाग्दा कुर्सी र माइक तोडफोड गर्दै लिन नदिने योजना बनाएको कांग्रेसले सत्तारुढ दल टसमस नएपछि बहिस्कार गरेर हिडेको हो । कांग्रेसलेब बहिष्कार गरेपनि प्रदेश सभाबाट मुख्यमन्त्री यादवले बिश्वासको मत पाउनु भएको छ । यावदले ६१ मत पाउनु भएको हो ।

बैठकमा सहभागी ६१ जनामा सबैले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् । उहाँको विपक्षमा शून्य मत परेको छ । सभामुख रामचन्द्र मण्डलले उहाँले प्राप्त गरेको मत आवश्यक बहुमत (५३) भन्दा धेरै रहेको जनाउँदै विश्वासको मत पाएको घोषणा गर्नुभयो ।

बैठकलाई प्रतिपक्ष दलहरू नेपाली कांग्रेस, जनमत पार्टी, लोसपाले बहिस्कार गरेका थिए । बिपक्षी दल प्रकृया नै अवरुद्ध गरेर यादवलाई बिश्वासको मत लिन नदिने योजना बनाएका थिए तर सो योजना बिफल भएको छ । पहिलो र दोस्रोपटक विरोध गर्दा केही समयका लागि बैठक स्थगित गरेका सभामुख मण्डलले तेस्रोपटक विरोध गर्दा जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवलाई बैठक कक्षबाट बाहिर निकाल्न रुलिङ गर्नुभएको थियो ।

त्यसपछि जनमतका सबै प्रदेशसभा सदस्यले बैठक बहिस्कार गरेका थिए । त्यसपछि बैठक सञ्चालनको प्रक्रिया नमिलेको भन्दै कांग्रेस र प्रमुख प्रतिपक्षीलगायत दलका प्रदेशसभा सदस्यले बहिष्कार गरे पनि बैठक स्थगित नगरिएको जनाउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि बैठक बहिष्कार गरेको थियो ।