जनता टाइम्स

५ बैशाख २०८१, बुधबार १६:५२

सुहाङ जिताउन एमाले अध्यक्ष केपी ओली इलाम-२ पुग्दा जे देखियो (फोटोफिचर)


इलाम, बैशाख ५ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई इलामेली जनताले दिलदेखि स्वागत गरेका छन ।

आगामी बैशाख १५ गते हुन गइरहेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउने एक सुत्रीय अभियानसहित अध्यक्ष ओली आज इलाम आउनुभएको हो ।

सो क्रममा इलामेली जनताले उहाँको भब्य स्वागत गर्नुका साथै संबिधानसभा अध्यक्ष एवं इलामका चम्किलो तारा सुवासचन्द्र नेम्वाङ रहेको भन्दै उपनिर्वाचनमा उहाँका छोरा सुहाङलाई जिताएरै छाडने अठोटसमेत गरेका छन ।