जनता टाइम्स

५ बैशाख २०८१, बुधबार १५:५६

सुहाङ उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन : केपी ओली


इलाम, ५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम–२ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी हुनुभएको छ ।

आज इलाम–२ को मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पुर्खाले स्वाधीन राखेको देशलाई सम्मान गर्ने बताउनुभएको हो । उहाँले देशलाई एकताबद्ध बनाएर सुशासन र विकास ल्याउन चाहेको बताउनुभएको छ । सुहाङको प्रशंसा गर्दै ओलीले गन्तव्य र उद्धेश्य बोकेर अगाडी बढेको युवा भएको बताउनुभयो ।

ओलीले सुहाङ वास्तविक उम्मेदवार भएको बताउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बनेका सुहाङ नेम्बाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताउनुभयो । उहाँले इलामका जनताले आफ्ना बुवामाथि गरेको विश्वासलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।