जनता टाइम्स

६ बैशाख २०८१, बिहीबार ०९:४६

एमालेले टुंग्यायो लुम्बिनी सरकारमा जाने मन्त्रीको नाम


दाङ, बैशाख ६ । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । एमालेले आज माओवादी नेता जोखबहादुर महरा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्योएको हो ।

एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री महरालाई पार्टीको तर्फबाट मन्त्री हुनेहरुको नाम बुझाइसक्नु भएको छ । एमालेबाट यसअघि नै अघाँखाँचीका चेतनारायण आचार्य सरकारमा सहभागी भइसक्नु भएको छ । आचार्यपछि चार जनालाई एमालेले मन्त्री बनाएर सरकारमा पठाउन लागेको हो ।

स्रोतका अनुसार एमालेले रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलबस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्न खत्रीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

एमालेबाट मन्त्री बनाइएकामध्ये यसअघि नै नियुक्त चेतनारायणले अर्थ, ढकाललाई शहरी बिकाश, पन्थीलाई आन्तरिक मामिला, खत्रीलाई सामाजिक बिकाश र केसीले बन मन्त्रालय सम्हाल्नु हुने भएको छ ।

मन्त्री छनोट गर्दा संघ र प्रदेशमा क्लिनस्वीप गरेको जिल्ला पाल्पा को प्रतिनिधित्व भने छुटाइएको छ ।