जनता टाइम्स

६ बैशाख २०८१, बिहीबार १३:२७

डा. अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्य मनोनीत


काठमाडौं, बैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराजदूत डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति पौडेलले आज शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिज्ञप्तिमार्फत दिनुभएको जानकारीअनुसार राष्ट्रपति पौडेलले संबिधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम नेपाल सरकारको सिफारिशमा शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको हो ।

पूर्वराजदूत तथा नेकपा एमाले बिदेश मामिला बिभागका सचिव शाक्यलाई चैत ३० गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

शाक्य यसअघि एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा इजरायलका लागि राजदूत हुनुहुन्थ्यो । यसअघि मनोनीत हुनुभएकी डा. बिमला पौड्याल राईको पदावधी सकिएपछि रिक्त रहेको राष्ट्रियसभा सदस्यमा शाक्य नियुक्त हुनुभएको हो ।

राष्ट्रिय सभामा जान एमालेका पदाधिकारीहरु नै लागेको भएपनि शाक्यले बाजी भार्नुभएको हो । महिलाको कार्यकाल सकिएकोले महिलालाई नै पठाइएको बताइएको छ ।