janatatimes

७ बैशाख २०८१, शुक्रबार ०९:१९

बाबुले गरे होटलमै छोरीको हत्या


बुटवल, बैशाख ७ । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन । बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एण्ड लजमा बुधबार साँझ १७ वर्षीया अन्जली जिसीलाई उनकै बाबु ४८ वर्षीय नारायणबहादुर जिसीले रड प्रहार गरी हत्या गरेका हुन् ।

रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवा बस्ने नारायण बहादुर जि.सी.ले रातको करिब ९ बजे होटलमा बस्दै गर्दा रडले हानेर छोरीको हत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

घटनापछि उनलाई विहिबार दिउँसो कञ्चन ४, थकालीचोकबाट प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको पण्डितले जानकारी दिनुभयो । अञ्जली हरैया माध्यमिक विद्यालयको कक्षा ११ मा अध्यनरत थिईन ।

बाबु नारायणको प्रारम्भिक बयान अनुसार अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनि घरबाट हिँडेकी थिइन् । छोरीलाई खोज्दै बुटवल आइपुगेका उनले घर जान आग्रह गर्दा नमानेपछि रिसको झोकमा रड प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएका छन् । घटना बारे थप अनुसन्धान र बयान लिने काम भने अझै बाँकी रहेको प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिनुभयो।