जनता टाइम्स

७ बैशाख २०८१, शुक्रबार १०:२४

दोलखा सुष्पाक्षमावतीबाट सिन्धुपाल्चोकको पिस्करमा जन्ती लिएर गएको बस सडकबाट खस्यो, ४ जनाको घटनास्थलमै मृत्यू (भिडियोसहित)


सिन्धुपाल्चोक, बैशाख ७ । दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक गएको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन दर्जन भन्दा बढी घाईते भएका छन् ।

दोलखाको सुस्पाक्षमावतीबाट सिन्धुपाल्चोकको पिस्करमा जन्ती लिएर जाँदै गरेको बस आज बिहान दुर्घटना भएको हो । सो बस त्रिपुरासुन्दरी गाउँपालिका ५ धारावतीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलबाट पत्रकार महेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो । उक्त बस तौथलीको धारावती भन्ने स्थानबाट एक सय मिटर तल खसेका स्थानीयले बताएका छन् । सिन्धुपाल्चोक प्रहरीकाअनुसार दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी रहेको छ ।