जनता टाइम्स

७ बैशाख २०८१, शुक्रबार १६:०२

एमालेको महाधिवेशन प्रतिनिधि परिषदमा थपिए ३७१ सदस्य, कुल संख्या २४५४ पुग्यो


काठमाडौं, बैशाख ७ । नेकपा एमालेको प्रथम महाधिवेशन प्रतिनिधि परिषदको बैटकमा सहभागीको टुंगो लागेको छ । एमालेले आज पत्रकार सम्मेलन गरी प्रतिनिधिपरिषद बैठकमा सहभागीको संख्या उपलब्ध गराएको हो ।

पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले महाधिवेशन प्रतिनिधि परिषद बैठकमा २४ सय ५४ जना सहभागी हुने जानकारी दिनुभयो । एमाले महाधिवेशन प्रतिनिधि परिषदमा दसौं राष्ट्रिय महाधिवेशनका २ हजार ७३ जना प्रतिनिधि, प्रतिनिधिसहित केन्द्रीय कमिटी र केन्द्रीय निकायमा मनोनयपरिषद सदस्यसमेत गरी २४ सय ५४ जना सहभागी हुनेछन ।

परिषद बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यसुची रहेको छ । पत्रकार सम्मेलनमा महासचिव पोखरेलले परिषद बैठकको तयारी पूरा भएको जानकारी दिनुभयो ।