जनता टाइम्स

८ बैशाख २०८१, शनिबार ०८:२५

आन्दोलनको नाममा भएको तोडफोडको क्षतीपुर्ति तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र


काठमाडौं, बैशाख ८ । काठमाडौं महानगरपालिकाले आन्दोलनको नाममा गरिएको सार्वजनिक सम्पत्तिमा क्षतिको बिवरणसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई जरिवाना तिर्न पत्र पठाएको छ ।

महानगरका अनुसार शुक्रबार राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाइएको हो । जसमा ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले मर्मत गर्न लाग्ने शुल्क २२२ रुपैयाँ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार जरिवाना तिराउने निर्णय भएको भन्दै महानगरले पत्र पठाएको छ ।

राप्रपाले चैत २७ गते राजधानीमा गरेको प्रदर्शनबाट ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम २२२ रुपैयाँ मर्मत सम्भारका लागि तिराउने निर्णय भएको महानगरपालिकाले बताएको छ ।

पत्रमा महानगरपालिकाले एनआईसी एसिया बैंकमा रहेको खातामा रकम दाखिला गर्न भन्दै खाता नम्बर समेत उल्लेख गरेको छ । राप्रपाले महानगरले तोकेको जरिवाना नतिर्ने बताएको छ ।