जनता टाइम्स

९ बैशाख २०८१, आईतवार ०९:१२

प्रचण्ड-देउवालाई आमने सामने भिडाउँदै एमाले, माधवलाई रातो कार्पेट


काठमाडौं, बैशाख ९ । नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसको हीरक महोत्सवका लागि विभिन्न दलका शीर्ष नेतालाई निम्तो दिएको छ ।

एमालेले प्रधाननमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा उपाध्यक्ष उपेन्द्र यादव, नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी लगायतलाई निम्तो दिएको हो ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार महोत्सवमा प्रचण्ड र देउवा विशेष वक्ता रहनुहुनेछ । एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विशेष कार्षक्रम आयोजना गर्दैछ ।