जनता टाइम्स

९ बैशाख २०८१, आईतवार ०९:५२

बाबुराम छाडेपछि विश्वदीप मालामाल, प्रधानमन्त्रीकै टीममा पाए जागिर


काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डा बाबुराम भट्टराईलाई छाडेर पार्टीमा आएलगत्ते विश्वदीप पाण्डेलाई आफ्नै टीममा जागिर दिनुभएको छ । प्रधानमन्त्रीले पाण्डेलाई युवा तथा सामाजिक विकास विज्ञमा नियुक्त गर्नुभएको हो ।

पाण्डे यसै साता डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । बैशाख पहिलो साता पार्टी प्रवेश गर्नुभएका पाण्डेलाई लगत्तै युवा तथा सामाजिक विकास विज्ञ नियुक्त गरिएको हो ।

भट्टराई नेतृत्वको नेसपाको प्रचार विभाग प्रमुखसमेत रहेका पाण्डे चार दिन अघि वैशाख ३ गते मात्रै माओवादी केन्द्र प्रवेश गर्नुभएको थियो । युद्धकालदेखि नै भट्टराईसँग नजिक पाण्डे उहाँसँगै नयाँ शक्ति पार्टी हुँदै नेपाल समाजवादी पार्टीसम्म पुग्नुभएको थियो ।