जनता टाइम्स

९ बैशाख २०८१, आईतवार १४:४८

एमाले अध्यक्ष ओली अस्वस्थ, रूखा, खोकी र संक्रमण


काठमाडौं, ९ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा जारी रहेको बेला ओली अस्वस्थ हुनुभएको हो । उहाँको सचिवालयले दिएको जानकारी अनुसार ओलीलाई रूखा, खोकी लागेको छ र संक्रमणको जोखिमले निवासमै आराम गरिरहनुभएको छ ।

अध्यक्ष ओली अस्वस्थ भएपछि जारी महाधिवेशन प्रतिनिधि परिषद्को अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहनुभएको छ । प्रतिनिधि परिषद्को आजको बैठकमा शनिबार पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ । प्रतिवेदनमाथिको छलफल सकिएसँगै आजै प्रतिनिधि परिषद्को बैठक सकिनेछ भने सोमबार विशेष कार्यक्रम आयोजना गरिँदैछ ।