ललितपुर, वैशाख ९ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकमासमूहको छलफलको निष्कर्ष प्रस्तुति सकिएको छ ।
एमालेले अध्यक्ष केपी शर्मा ओली र महासचिवशंकर पोखरेलसहित नेताहरूले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि सहभागीहरूले ६ समूहमार्फत सुझावदिएका हुन ।
सुझाव राख्ने टोली नेतामा समूह–१ का मोहनमाया ढकाल, समूह–२ का कृष्णप्रसाद जैसी, समूह–३ का ठाकुर गैरे, समूह–४ का शान्ति पाख्रीन, समूह–५ का ऋषिकेश पोखरेल र समूह–६ का श्यामकुमार बस्नेत रहनुभएको छ ।
सहभागीहरूले साँझको संस्कृति एमालेमा अन्त्य हुनुपर्छ । नेताको छोराछोरीको बिवाहको तडक भडकअन्त्य हुनुपर्ने सुझावमा विशेष जोड दिएका छन ।
प्रतिक्रिया दिनुहोस्