जनता टाइम्स

९ बैशाख २०८१, आईतवार २०:०२

माधवले थापेको भ्रमको दोकान अव चल्दैन भन्दै एमालेमै समाहित भए नेकपा एसका नेता रामप्रित पासवान


काठमाडौं, बैशाख ९ । नेकपा एकीकृत समाजवादीका नेता तथा राष्ट्रियसभाका पूर्वअध्यक्ष रामप्रित पासवान नेकपा एमालेमै फर्कनु भएको छ ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकको समापनमा गोदावरीस्थित सनराइज हलमा पुगेर नेता पासवान एमालेमै समाहित हुनुभएको हो । नेकपा एमाले बिभाजन हुँदा पासवान माधवकुमार नेपालतिर लागेर नेकपा एकीकृत समाजवादीमा जानुभएको थियो । सो पार्टीमा सक्रिय रहनुभएका पासवान एमालेबाहेक अरु दलले मुलुक र जनताको हित गर्छ भन्ने भ्रमबाट मुक्त भएपछि आज एमालेमै फर्कनुभएको हो ।

नेता पासवानलाई एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बिष्णु पौडेल, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेलसहितका नेताहरुले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । पासवानका साथमा नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेका आधा दर्जन नेताहरु पनि एमालेमा फर्कनु भएको छ । एमालेमै समाहित भएपछि नेता पासवानले पार्टी बिभाजनतिर लाग्नु गम्भीर भुल भएको महसुस गरी पुरानो घरमा आएको बताउनु भयो ।

उहाँले माधव नेपालको भ्रममा परेर बिगतमा गल्ती गरेको आत्मादेखि महसुस भएको पनि बताउनु भएको छ । पासवानलाई २०६५ सालमा नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । उहाँ नेपाली कांग्रेसका तात्कालिन महामन्त्री तथा गणतन्त्र नेपालका संस्थापक राष्ट्रपतिको इतिहास रच्न सफल डा. रामबरण यादवसँग पराजीत हुनुभएको थियो । पासवानले नेकपा एकीकृत समाजवादीदेखि आफूलाई कम्युनिष्ट भन्ने सवै दल एमालेमा समाहित हुनुको बिकल्प नरहेको र आफू सोही निश्कर्षका आधारमा समाहित भएको बताउनु भयो ।

‘नेपालमा एमाले मात्रै एक मात्र कम्युनिष्ट पार्टी हो, यो पार्टीबाट मात्रै देश र जनताको हित हुन्छ भन्ने कुरा पाटी छाडेर गएपछि झनै आत्मसाथ भयो, यो आफ्नो लागि चलाएको दोकान अव चल्दैन, एमालेमै समाहित हुनुपर्छ भन्ने निश्कर्षमा पुगेपछि सवै साथीहरुसहित समाहित भएको हुँ,’ पासवानले भन्नुभयो ।