जनता टाइम्स

१० बैशाख २०८१, सोमबार १४:१४

पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र ‘राष्ट्रिय गौरव’ सम्मान


काठमाडौं, बैशाख १० । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गरेको छ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीस्थित सनराईज हलमा आज आयोजित हीरक महोत्सवको विशेष समारोहमा पूर्वराष्ट्रपति भण्डारीलाई सो सम्मान प्रदान गरिएको हो ।

पूर्वराष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा, झलनाथ खनालले सम्मान पत्र हस्तान्तरण गर्नुभयो । मञ्चमा नेसपा अध्यक्ष समेत रहनुभएकाका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी पनि उपस्थित हुनुहुन्थ्यो ।

मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गरेको हो। नेकपा एमालेकी तात्कालिन उपाध्यक्ष भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति हुनुहुन्छ ।