जनता टाइम्स

१३ बैशाख २०८१, बिहीबार १४:२३

सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति


काठमाडौं, बैशाख १३ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालनको स्वीकृती दिनुभएको छ । राष्ट्रपति पौडेलले वैशाख १५ को प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको हो ।

राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालनको स्वीकृति दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाउनु भएको छ ।

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ । सेना परिचालन सरकारको सिफारिशमा राष्ट्रपतिले गर्ने संबैधानिक ब्यवस्था रहेको छ ।