जनता टाइम्स

१५ बैशाख २०८१, शनिबार १८:२१

रास्वपा उम्मेदवार मिलन लिम्बुले अनैतिक हर्कत गरेपछि


इलाम, बैशाख १५ । इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार मिलन लिम्बुले निर्वाचनको दिन गर्नै नहुने हर्कत गरेपछि कार्वाहीमा पर्ने भएका छन । निर्वाचन आचार संहितामाथि बलात्कार गर्दै मिलन उदण्ड मनुवामा दर्ज भएपछि निर्वाचन आयोग एक्शनमा उत्रनु परेको छ ।

उहाँलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आज भएको उपनिर्वाचनमा मतदान गर्ने क्रममा लिम्बुले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गर्नुभएको थियो । नयाँ जोगीले धेरै खरानी घस्छ भने जस्तै अराजकता र कानूनबिपरितको हर्कत गर्न माहिर मिलनले आज पनि यस्तै अनैतिक हर्कत गरेपछि मतदान गर्दा चुनाव चिन्ह राखेको फोटो बाहिरिएपछि आयोगले स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न भनेको हो । आयोगले स्पष्टिकरणपछि उहाँको उम्मेदवारी नै खारेजीसम्मको निर्णय गर्न सक्ने छ । लिम्बुले गृह मन्त्रालय आफूहरुको भएको भन्दै सुरक्षामा खटिएका प्रहरीलाई धम्क्याएर चुनाव चिन्ह रहेको लोगो छातीमा टाँसेर सुटको पहिरनमा रहेपछि गुण्डानाइके जसरी प्रस्तुत हुनुभएको थियो ।

‘एकजना उम्मेदवार निर्वाचन चिन्ह अङ्कित सामग्री लगाएर मतदान गर्न जानुभएछ । यो अनैतिक काम हो, आचारसंहिता उलंघन हा । यसबारे तत्कालै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएर स्पष्टीकरण सोध्नु भनेका छौँ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भन्नुभयो ।

उम्मेदवार लिम्बुले त्यसरी चुनाव चिन्हको लोगो लगाएर मतदान गर्नु कानुनले आचारसंहिता विपरीत मानेको बताउँदै निर्वाचन सम्पन्न भएपछि पनि आयोगले कारबाही गर्न असर नपर्ने जानकारी दिएको छ ।