जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार १६:०१

इलाम-२ को उपनिर्वाचनमा नेकपा एसले रच्यो इतिहास, सिंगो वडामा पायो सानदार सून्य मत


इलाम, बैशाख १६ । इलाम २ मा भएको उपनिर्वाचनमा एउटा वडाको मतगणनाको परिणाम आउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले सून्य मत पाएका छन ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनावी कमाण्डर बन्नुभएको इलाम २ को प्रारम्भिक मतगणनामा एउटा सिंगो वडामा नेकपा एसका उम्मेदवारले शून्य मत पाएको हो ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा नेकपा एसका उम्मेदवार जीतबहादुर राईले एक मत पनि नपाउनु भएको हो । जबकी कुनै संगठन र कार्यकर्तासमेत नभएको नेपाल मजदुर किसान पार्टीले पनि सो वडाबाट एक मत पाएको छ ।

यस वडामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले वडाध्यक्ष जितेको थियो । वडा नम्बर १ मा कांग्रेसका कर्णवहादुर लिम्बूले ८०४ मत पाएर जित्दा एमालेका बेगवहादुर निरौलाले ४७७ मत पाउनु भएको थियो । त्यसबेला नेकपा एसले कांग्रेसलाई सघाएको थियो । वडा नम्बर १ र २ कांग्रेस बलियो रहेको छ ।