जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार १९:१४

इलाम-२ मा एमालेका सुहाङले लिए अग्रता, पछि परे कांग्रेसका खड्का


इलाम, बैशाख १६ । इलाम–२ अन्तरगत भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाउनु भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पछि पार्दै सुहाङलेअग्रता लिनुभएको हो । शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहेको छ । सुहाङले २ हजार ५४२ मत पाउनु भएको छ खड्काको २ हजार १९७ मत पाउनु भएको छ ।

प्रारम्भिक चरणमा अग्रता लिनुभएका सुहाङले २ हजार मत कटेपछि फेरि अग्रता कायम गर्नुभएको हो । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ५९३ मत पाउँदा एका छन् ।