janatatimes

१६ बैशाख २०८१, आईतवार २०:५२

इलाम-२ मा सुहाङ नेम्वाङको फराकिलो अग्रता, १००१ मतले पछि परे डम्बर खडका


इलाम, बैशाख १६ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कासँगको अग्रता फराकिलो बनाउनु भएको छ । खडकासँग सुहाङले १००१ मतले अग्रता लिनुभएको हो ।

पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३७८३ मत पाउँदा खड्काले २७८२ मत पाउनु भएको छ । फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा सुहाङले यो अग्रता लिनुभएको छ । परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु अत्यन्तै झिनो मत पाएर चौथो स्थानमा उभिनुभएको छ ।

तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम रहनुभएको छ । थेगिमले ७८४ मत पाउनु भएको छ भने चौथो स्थानमा रहनुभएका रास्वपा उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाउनु भएको छ ।