जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार १६:४६

नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष पक्राउ


सिन्धुपाल्चोक, १७ वैशाख । बाहलवाला वडा अध्यक्ष रवि तामाङ बैंकिङ कसुर मुद्धामा पक्राउ परेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा तामाङ जुगल गाउँपालिका–७ याङ्लाकोटमा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । तामाङलाई जिल्ला अदालतमा पेश गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फैसला कार्यान्वयन अन्तर्गत उच्च अदालत पाटनले २०७८-११-२० को फैसलामा रविलाई बैंकिङ कसुर मुद्धामा कैद तीन दिन र ९ लाख ९० हजार रुपियाँ जरीवाना सजाय तोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभएको छ । अदालतको फैसलापछि तामाङ फरार थिए ।

वैशाख १६ गते प्रहरी टोलीले बाहलवाला वडा अध्यक्ष तामाङलाई जुगल गापा–५ ढाँडेबाट पक्राउ गरी सदरमुकाम चौतारा लगि जिल्ला अदालत पेश गरेको थियो । वडा अध्यक्ष हुदाँ पनि प्रहरीको फन्दाबाट तामाङ जोगिँदै आएका थिए । तर प्रहरीहरु नक्कली सेवाग्राही भेषमा पुगेर वडा अध्यक्ष तामाङलाई पक्राउ गरिएको थियो । सिन्धुपाल्चोकमा बहालवाला जनप्रतिनिधिलाई पक्राउ गरिएको यो पहिलो घटना हो ।