जनता टाइम्स

१८ बैशाख २०८१, मंगलवार १५:०७

केपी ओलीको अँगालोमा सांसद सुहाङ


इलाम, १८ बैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्नुभएको छ । इलाम–२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुग्नुभएको हो । इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिनुभएको छ ।

ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिनुभएको छ । एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गर्नुहुनेछ । सुहाङले २७ हजार ७७२ मत पाएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाउनुभएको थियो ।