जनता टाइम्स

१९ बैशाख २०८१, बुधबार ०८:५४

श्रम नै पूजा-श्रम नै प्रसाद : केपी ओली


काठमाडौं, बैशाख १९ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रम नै पूजा र श्रम नै प्रसाद भएको बताउनु भएको छ ।

विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो धारणा राख्नुभएको हो ।

अध्यक्ष ओलीले शुभकामना दिँदै भन्नुभएको छ, ‘श्रम नै जीवन-श्रम नै विश्वास । श्रम नै पूजा-श्रम नै प्रसाद। श्रमिक दिवसको सबैलाई शुभकामना ।’