जनता टाइम्स

१९ बैशाख २०८१, बुधबार १५:०६

जताततै बेथिती : सोझालाई बेवकुफ बनाएर थेगिमहरु गरिरहेछन पहिचानको आवरणमा राजनीति


इलाम, बैशाख १९ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा तेस्रो स्थान हासिल गर्नुभएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले आफूहरुले पहिचानको आवरणमा राजनीति नै गरिरहेको स्वीकार गर्नुभएको छ ।

बैशाख १५ गते सम्पन्न निर्वाचनमा मतदातादे तेस्रो बनाएर पहिचानको पक्षलाई समर्थन गरेको भन्दै थेगिमले राजनीतिका लागि पहिचानलाई आवरण बनाएको स्वीकार गर्नुभएको हो । पहिचान पक्षधरहरु पार्टी गठनमा लागेको संकेत पनि उहाँले दिनुभएको छ ।

थेगिमले आफूले पाएको मत पहिचान आन्दोलनका लागि महत्वपूर्ण भएको बताउनु भयो । लामो समय नेकपा एमालेमा रहेर लाभ लिनुभएका थेगिम अव नपाउने भन्दै पहिचानको कुरा उठाएर बिगत केही समयदेखि फरक अभियान सञ्चालन गर्नुभएको थियो ।

सोही अभियानको आडमा चुनाव उठनु भएका थेगिह नेकपा एमालेका सुहाङ नेम्वाङ बिजयी बन्दा कांग्रेसका उम्मेदवार डम्बर खडका भन्दा ९ हजार कम मत पाएर तेस्रो बन्नुभएको थियो । उपनिर्वाचनमा एमालेका सुहाङ निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवारी दिएका थेगिमले ११ हजार ४५७ मत पाएर तेस्रो स्थानमा रहनुभएको हो ।

थेगिममाथि सहकारी खोल्ने भनेर रकम संकलन गरी खाएको आरोप लागेको छ । एमालेले सोही बिषयमा कार्वाही गर्न लागेपछि पहिचानकोे मुद्दा उठाएर थेगिम पार्टी छाडेर अन्तै राजनीति गर्न कुलेलम ठोक्नुभएको थियो ।