जुम्ला, बैशाख २० । नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । नवौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको अन्तिम मतगणना परिणाम अनुसार अध्यक्षमा महत निर्वाचित हुनुभएको हो ।
महतले प्रत्यासी धीरेन्द्रराज गिरीलाई ५९ मतान्तरले पराजित गर्नुभएको हो । निर्वाचनमा १ सय ९४ मत पाएर महत अध्यक्षमा निर्वाचित बन्दा प्रत्यासी गिरीले १ सय ३४ मत प्राप्त गर्नुभयो । यस्तै पदाधिकारीमा पनि महतकै प्यानलबाट चुनावी प्रतिस्पर्धा गरेका नेताहरु बिजयी बनेका छन ।
जसअनुसार उपाध्यक्षमा प्रेमबहादुर बुढा विजयी हुनुभएको छ । बुढाले ४९ मतान्तरले गिरी प्यानलका पदम बुढालाई पराजित गर्नुभएको हो । निर्वाचित बुढाले १ सय ८७ मत प्राप्त गरेकोमा पराजीत पदमले १ सय ३८ मत प्राप्त गर्नुभएको छ । यस्तै सचिवमा मानबहादुर रोकाया तथा उपसचिवमा धनबहादुर बुढा र मेनका रेग्मी निर्वाचित हुनुभएको छ ।
सचिवमा निर्वाचित मानबहादुर रोकायाले १ सय ७९ मत प्राप्त गर्दा न्यौपानेले १ सय ४१ मत पाउनु भएको छ । यस्तै उपसचिवमा धनबहादुर बुढाले १ सय ७९ मत प्राप्त गरी बिजयी बन्दा प्रतिस्पर्धी धर्मेन्द्र रोकायाले १ सय ४१ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपसचिव महिलातर्फ मेनकाले १ सय ७४ मत प्राप्त गरी बिजयी बन्दा पराजीत सुशीला भट्टराईले १ सय ८ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा ३ सय ४३ मतदाता रहेकोमा ३ सय ३८ मत खसेको थियो । एमाले निर्वाचन समिति जुम्लाले जनाएअनुसार जसमा ९ मत बदर भएको छ ।
प्रतिक्रिया दिनुहोस्