जनता टाइम्स

२० बैशाख २०८१, बिहीबार १६:४७

ओली–प्रचण्ड बार्ताको यस्तो छ निश्कर्ष


काठमाडौं, बैशाख २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उपनिर्वाचनको परिणामपछि सत्तारुढ दुई दलका प्रमुख नेताबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भेटबार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच खुसी साटासाटसँगै सरकारले अघि बढाएको कामको बिषयमा छलफल भएको छ ।

उहाँहरुबीच उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत वैशाख १५ मा सम्पन्न इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमाले निर्वाचित भएको छ ।

इलाम–२ मा एमाले उम्मेदवारलाई माओवादी केन्द्रले पनि समर्थन गरेको थियो । गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको असन्तुष्टि र प्रदेश सरकारबारे पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबिच छलफल भएको बताइएको छ ।