झापा, बैशाख २१। झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । गोली लागेगी छात्राको अवस्था गम्भीर छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यमिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । अधिकारी दमकमा डेरा गरी बसेर बढ्दै आउनु भएको थियो । उहाँलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । यादव उहाँका पूर्वशिक्षक रहेको प्रहरीले जनाएको छ ।
कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा एलिनालाई बाटो ढुकेर गोली हानेको प्रहरीले जनाएको छ । उहाँलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली हानिएको हो । गोली हान्नुको कारण र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ । घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । एरिनाको अवस्था खतरामुक्त रहेको चिकित्सिकले जनाएका छन ।
उहाँको नाभि छेउमा गोली लागेको थियो । दमस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन् । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत रहनुभएको विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्