जनता टाइम्स

२२ बैशाख २०८१, शनिबार १३:०५

एमालेका सुदूरपश्चिम प्रदेशका सांसद काठमाडौंमा, मुख्यमन्त्री सोडारी जिल्लाराम


काठमाडौं, २२ वेशाख । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता र प्रमुख सचेतक काठमाडौं आउनु भएपछि मुख्यमन्त्री दीर्घ सोडारी जिल्लाराम परेका छन् । सोडारीले शनिबार विश्वास मत लिन संसद वैठक आह्वानका लागि सूचना दर्ता गराएउनु भएको थिए ।

एमाले ससदीय दलका नेता राजेन्द्र रावल प्रमुखसचेतकसमेत लिएर काठमाडौं आउनु भएको छ । उहाँहरूले पार्टी शिर्ष नेतासँग छmफल गर्न लाग्नु भएको छ । मुख्यमन्त्री सोडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गर्नुभएको थियो तर एमालेले सोडारीले हतार गरेको भन्दै विश्वासको मत नदिने अडान लिएपछि सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ साढे ५ बजेका लागि प्रदेश सभाको बैठक बोलाउनुभएको थियो ।

एमाले संसदीय दलका नेता र प्रमुख सचेतक काठमाडौं हिडेपछि शनिबार पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन नसक्ने देखिएको छ ।

एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी ६ वैशाखमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र प्रदेश सभा सदस्य डा। ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

त्यसअघि सोडारीले २ वैशाखमा नेपाली कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गर्नुभएको थियो तर एमाले, माओवादीको समर्थनमा नाउपाका कैलाश चौधरीले पनि दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दोस्रो पटक आह्वान गर्नुभएपछि सोडारीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएर आफूले दाबी गर्नुभएको थियो ।