जनता टाइम्स

२३ बैशाख २०८१, आईतवार ००:१८

जिल्ला उपाध्यक्षमै हारे पूर्वमन्त्री शेर्पा


भोजपुर, बैशाख २३ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृपासुर शेर्पा जिल्ला उपाध्यक्षमै पराजीत हुनुभएको छ । संबिधानसभा सदस्यसमेत रहनुभएका पूर्वपर्यटन मन्त्री शेर्पा शनिवार सम्पन्न जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा पराजीत हुनुभएको हो ।

पूर्वमन्त्री शेर्पा उपाध्यक्षमा किरण राईसँग ९५ मतले पराजीत हुनुभयो । राईले ३११ मत ल्याएर विजयी हुँदा शेर्पाले २१६ मत पाउनु भएको छ । भोजपुरको अधिवेशनमा शेर्पा निवर्तमान अध्यक्ष शरणकुमार राईको प्यानलबाट उपाध्यक्ष पदमा चुनाव लडनुभएको थियो ।

अधिवेशनमा उहाँहरुको समुह पदाधिकारीमा सून्य भएको छ । अध्यक्षमा मक्कर खडका, सचिवमा एक्शन राई, उपसचिवमा दौलथ कुलुङ राई र रमादेवी राई निर्वाचित हुनुभएको छ ।