जनता टाइम्स

२३ बैशाख २०८१, आईतवार १७:३४

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन


काठमाडौं, २३ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको एक नेताले बताउनुभयो ।

१२ सांसद रहेको पार्टीमा विभाजनको पक्षमा सात जना सांसद रहेको बताइएको छ। जसमा प्रदीप यादवलगायत नेताहरू सहभागी रहेको बताइएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिका भ्रमणमा रहनुभएको छ ।